एकजना मान्छे रातको समय आफ्नो झुपडीमा बसेर एउटा सानो दियो जलाएर कुनै पुस्तक पढिरहेका थिए । रात छिप्पिइसकेको थियो । जब ऊ थाक्छ तब उसले दियोलाई फुकेर निभाइदियो ।
तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो बलिरहेको थियो , तब सम्म पुर्णिमाको चन्द्रमाको प्रकाश बाहिर मात्र थियो , तर जब दियो निभ्यो तब चन्द्रमाको प्रकाश कोठा भित्रसम्मै फैलियो । त्यो मान्छेले यो सोचेर धेरै हैरान भयो कि ” यति सानो दियोले पुरै चन्द्रमाको प्रकाशलाई बाहिर रोकेर राखेको थियो ” ।
त्यसरी नै हामीले पनि आफ्नो जीवनमा अहंकार र घमण्डको साना साना दियोहरु जलाएर राखेकाछौं , जसका कारण खुशी , प्रेम र आनन्द बाहिरको बाहिरै रोकिएको हुन्छ , जबसम्म यी कुराहरुलाई त्याग्दैनौं तबसम्म मन शान्त र आनन्दित हुँदैन, जब मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्द को उपस्थिती हुन्छ ।