Wednesday, May 13, 2020

प्रेरक कथा - संघर्ष नै सफलता

चकमन्न रात परेपछि चिँचिँ र मुनु नाम गरेका दुई मुसा आहाराको खोजीमा निस्किन्छन् । दिनभरको भोको पेट उनीहरू जताततै आहाराको खोजी गर्दा कतै केही पाउँदैनन् । उनीहरूले सँगसँगै आहारा खोजी गर्ने क्रममा एउटा ठेकी भेट्छन् । यसमा केही न केही आहारा छ होला भनेर भोको पेटको झोकमा उनीहरू ठेकी भित्र पस्छन् । अब उक्त ठेकीमा रहेको दहीमा दुवै मुसा फसे ।

फसेपछि उनीहरू निस्किन त पर्‍यो, तर निस्कन सकेनन् । केही प्रयास गर्दा पार नलागेपछि चिँचिँले हार मानेर पौडिन छाड्यो । चिँचिँ उक्त दहीमा डुब्यो र मर्यो । तर मुनुले भने हरेस खाएन । उसले बाहिर निस्कने निरन्तर प्रयास गरिरह्यो । उसले पौडन छोडेन । पौडिँदा पौडिँदा अन्ततः दही मख्खन बन्यो र त्यही मख्खनमा चढेर ऊ बाहिर आयो ।

यो कथामा भएको दोस्रो मुसा मुनु जस्तै तपाईं पनि जुनसुकै कठिनाइमा पनि सधैं सङ्घर्षशील व्यक्ति भएर बाँच्नुहोस् । जीवन जिउने क्रममा चाहे जस्तोसुकै जोखिम नै किन मोल्न नपरोस्, कहिल्यै हरेस् नखानुहोस् र समस्याहरुसँग जुध्दै निरन्तर कदम चाल्नुहोस्। तपाईंको जीवनले अवश्य सफलता चुम्नेछ ।

No comments:

Post a Comment