एउटा सानो केटो आफ्नो आमा सँग निकै रिसाउँछ र रिसको झ्वाँकमा झर्कँदै जंगल जान्छ । जंगलमा गएर रूखहरू तर्फ फर्कदै चिच्याउछ, 'मलाई तिमी मन पर्दैन ।' त्यहीँ आवाज प्रतिध्वनित भएर उसको कानसम्म आउछ, 'मलाई तिमी मनपर्दैन ।' उसलाई यस्तो भनेको मनपर्दैन र उ रिसाउँदै बोल्छ 'तँ को होस् मलाई यस्तो भन्ने ?' पुनः उस्तै ध्वनीले उसलाई थर्काउँछ, 'तँ को होस् मलाई यस्तो भन्ने ?' उसको रिसको पारो चढ्छ 'पख् तँलाई!' उताबाट आवाज आउछ 'पख तँलाई !'
केटो दौडँदै घर जान्छ र लामो लौरो उचाल्दै आमालाई भन्छ, 'त्यहाँ एउटा केटो छ जसले मलाई गाली गर्यो ।' आमाले सबै कुरा बुझ्नदछिन् र छोरालाई त्यहीँ ठाँउमा लगेर भन्न लगाउछिन् 'म तिमीलाई माया गर्छु ।' उताबाट उस्तै मिठो आवाजमा प्रतिध्वनी आउँछ 'म तिमीलाई माया गर्छु ।' उ बेस्सरी खुसी हुँदै भन्छ 'म तिम्रो साथी बन्न चाहन्छु ।' उताबाट पनि उस्तै अनुरोध आउँछ । उसले भन्छ 'तिमी मेरो साथी हौ ।' र पहाडबाट ठोक्किएर आएको प्रतिध्वनीले 'तिमी मेरो साथी हौ' भन्छ र केटो खुसी हुन्छ ।
शिक्षा : तपाइँ अरूबाट जस्तो व्यवहारको अपेक्षा राख्नुहुन्छ, आफूले पनि उनीहरूलाई उस्तै व्यवहार गर्नुहोस् । अर्थात् तपाईंलाई अरुले असल व्यवहार गरेको चाहनुहुन्छ भने पहिले तपाईंले अरुलाई असल व्यवहार गर्नुहोस् । अरुले तपाईंलाई सहयोग गरेको चाहनुहुन्छ भने पहिले अरुलाई सहयोग गर्नुहोस् । तपाईं जिउने वातावरण कस्तो बनाउन चाहनुहुन्छ ? त्यो वातावरण तपाईं स्वयले नै सृजना गर्नुहोस् ।
No comments:
Post a Comment