एउटी बुढी आमा थिइन् । उनको एउटा छोरो थियो । उसलाई DV परेर अमेरिका गएको थियो ।
एकदिन छोराले फोन गरेर भन्यो:"आमा म नेपाल आउँदैछु ।"
छोराको कुराले आमा असाध्यै खुशी भएर उनी छोरो आउने दिन गन्न थालिन् । एकदिन छोरो आइपुग्यो । धेरै समय पछि छोरोलाई आफूसंग पाउँदा आमा धेरै खुशी भइन् ।
केहि दिन बितेपछि छोराले आमालाई भन्यो:"आमा अब यो नेपालको सबै सम्पत्ती बेचेर हामी अमेरिका जानुपर्छ ।"
आमालाई आफ्नो पुर्ख्यौली सम्पत्ती बेच्ने मन त थिएन तर आफ्नो मुटुको टुक्रा छोरा नै अमेरिका बस्ने भएपछि छोरासँग उतै जाने बिचारले बेच्ने मञ्जुरी दिइन् ।
केहि दिनपछि सबै सम्पत्ती बेचिदिन्छ । त्यसपछि एक बिहान छोराले आमालाई भन्यो: आमा आज हामी अमेरिका जानुपर्छ । छोराले आमालाई एयरपोर्ट लिएर गयो । एयरपोर्टमा गएर प्रतिक्षालयमा बसाउँदै भन्यो: "आमा तपाई एकैछिन बस्दै गर्नु म टिकट लिएर आउँछु ।"
यति भनेर छोरो भित्र गयो । आधा घण्टा भयो छोरो आएन । त्यसरी नै २ घन्टा बित्यो, ५ घन्टा बित्यो तर छोरो आएन । ती आमाअझै पनि छोरो आउने आशामा बसिरहिन् । रात परिसक्यो तैपनी छोरो आएन । तब एयरपोर्टको एक कर्मचारी आएर भन्यो: "आमा तपाईँ धेरै बेर देखि यहि बसिरहनुभएको देखेँ । किन बस्नुभएको कोही बिदेशबाट आउँदै हुनुहुन्छ र ?"
बुढी आमाले जवाफ दिइन्: "होइन बाबु । मेरो छोरो अमेरिका जानको लागि टिकट काट्न गएकोछ । उसैलाई कुरेर बसेको ।"
कर्मचारीले अचम्म मान्दै सोध्छ: अमेरिका? अमेरिका जाने प्लेन त ३ बजे नै गइसक्यो । तपाईको छोराको नाम के हो ?
बुढीले छोराको नाम भनेपछि कर्मचारीले अमेरिका जानेलिष्टमा चेक गरेर भन्यो: "आमा तपाइको छोरो त ३ बजेको प्लेनमा गइसक्नु भएछ ।"
कर्मचारीको कुरा सुन्ने बित्तिकै बुढी आमा केही बोल्न सकिनन् । आँखाबाट आँशु मात्र झारिरहिन्। उनी एकोहोरी भइन् । उनी निराश हुँदै त्यहाँबाट हिँडिन् । घर जाउँ घर छैन अब बाँचेर के गर्नु भनेर उनी नदिमा हाम्फालेर आत्महत्या गरिन् ।
No comments:
Post a Comment