Saturday, September 12, 2020

पर्खाई

एक प्रेमी र प्रेमिका थिए । उनीहरु सधैं जस्तो भेट्ने गर्थे । केटी सधैं भनेको टाईममा आउने गर्थी तर केटा जहिले ढिला आँउथ्यो। ढिला आए पनि प्रेमिका प्रेमीसँग कहिले रिसाएन ।
एकदिनको कुरा हो केटा भेट्ने ठाँउमा पुग्यो तर केटी भने त्यहाँ थिईन । रिसले आगो हुँदै केटा सिधा केटीको घरमा आईपुग्यो । केटीको घर परिवारबाट थाहा हुन आयो कि केटीलाई ब्लड क्यान्सर छ । उ बाच्नेँ अब ३-४ दिन मात्र बाँकी छ । गहभरी आँशु लिदैँ केटाले आफ्नो घरमा गई आत्महत्या गर्यो ।
केटीको लागि लेखिएको एउटा चिट्ठी उसका हाथमा झुण्डिरहेको थियो। चिट्ठीमा लेखिएको थियो,
"प्रिये,
तिम्ले सधैं मलाई पर्ख्यौ र म सधैं ढिला आएँ तर यस पाली म तिमी भन्दा चाँडै पुगेर तिम्रै पर्खाइमा रहनेछु ।
विदा!"

No comments:

Post a Comment