एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन छोरीले बाबालाई सोध्छे:
छोरी : "बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ?"
बाबाः "त्यो आउन धेरै समय बाँकी छ छोरी ।"
एक दिन छोरी हिड्दै गर्दा अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ । विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ ।
डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुनसक्छ ।’
अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ: ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’
बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?’
छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन भनेर ?’
त्यो बाबुले छोरकिो निधारमा मायालु चुम्बन गर्दै "मलाई थाहा छ छोरी" भन्छ र गहभरी आँसु लिएर त्यहाँबाट बाहिर निस्कन्छ ।
धेरै दिन भैसकेको थियो बाबाले छोरीलाई भेट्न नआएको। जब उ १५ वर्षकी हुन्छे र पुरै सन्चो भएर काकीसंग घर फर्किन्छे । उसले घर आउनासाथ एउटा चिट्ठी पाउँछे, जुन उसकी काकीले उसलाई दिन्छिन ।
त्यो चिट्ठी उसलाई सम्बोधन गरेर उसका बाबुले लेखेको हुन्छ । जहाँ लेखिएको हुन्छ:
मेरी प्रिय छोरी…!
यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु सबै राम्रो भएको छ । जुन मैले तिमीलाई भनेको थिएँ । तिमीलाई याद छ बेटा…एकदिन तिमीले मलाई सोधेकी थियौ नि “बाबा मेरो १५ औं जन्मदिनमा हजुर मलाई के उपहार दिनुहुन्छ’?" भनेर । मलाई त्यो बेला थाहा थिएन तर अहिलेको उपहार तिमीलाई मेरो ‘मुटु’ हो । तिमीलाई जन्म दिँदा तिम्रो मामुले हामीलाई छाडेर गएकी थीइन। त्यो त मैले सहेको थिएँ तर तिमी त मेरो मुटु थियौ, मेरो प्राण ! त्यसैले कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्नथेँ । यो पत्र पढेर कहिल्यै दुःखी नहुनु । मेरो मुटुको सधैं राम्रो ख्याल राख्नु है छोरी…..!
उही तिमीलाई माया गर्ने बाबा। "
No comments:
Post a Comment