एल्विस प्रिस्ले त्यो नाम हो जसले संगित जगतमा निक्कै ठूलो तहल्का मच्चाएको थियो । उनले गित गाएरै अपूर्व नाम र दाम कमाउन सफल भएका थिए । उनलाई आज पनि 'रक एण्ड रोल' संगीतको बादशाह भनेर चिनिन्छ । एल्विस प्रिस्लेलाई सफलताको त्यो भव्य उचाइसम्म पुर्याउनका लागि उनकी आमाले बोलेको प्रेरक शब्दले महत्वपूर्ण भुमिका खेलेको थियो ।
उनी सानो छँदा, उनको जन्मदिनको अवसरमा उनका आमाले उनलाई गितार उपहारस्वरूप दिन्छिन् र भन्छिन् 'बाबु तिमी सामान्य मान्छे होइनौ । तिमीमा त्यो खुबी छ जसले तिमीलाई प्रख्यात बनाउन सक्छ ।'
उनकी आमाले बोलेका यी शब्दहरूले उनको हृदयमा यती प्रेरणा भर्यो कि उनले त्यसलाई जीवनभर सम्झिरहे । यी शब्दहरूले उनलाई त्यो विश्वास दिलायो जसको आधारमा टेकेर उनी विश्वविख्यात बन्न सके ।
ती शब्दहरूमा जाँदु लुकेको हुन्छ जसले हृदयलाई छुन सक्दछन् । प्रेरणाका दुई शब्दहरूनै जीवन बदल्नका लागि काफी हुन्छ जसको शसक्त उदाहरण हुन् एल्विस प्रिस्ले । यसर्थ आफ्ना नजिकका लाई प्रोत्साहित गर्न कहिल्यै नचुकौ ।
एक दिनको कुरा हो। एकजना शिक्षक हातमा पानीको गिलास लिएर कक्षा कोठामा प्रवेश गर्यो । सधैं हातमा चक- डस्टर र किताब हुन्थ्यो, तर आज पानीको गिलास लिएर आएको देखेर सबै जना छक्क परे ।
शिक्षकले हातमा रहेको पानीको गिलास देखाउदै बिद्यार्थीहरुलाई सोध्यो – तिमीहरुको विचारमा यो गिलासको तौल कति होला ?
एकजना विद्यार्थी भन्यो - '१०० ग्राम सर। '
अर्कोले भन्यो - '२५० ग्राम होला सर।'
त्यसै गरि अर्कोले भन्यो - '३०० ग्राम हुन सक्छ ।'
शिक्षकले फेरी सोध्यो - 'यदि मैले यो गिलासलाई हातमा यसरि समाती राखेँ भने के हुन्छ ?'
एक जना विद्यार्थीले भन्यो - 'केहि हुदैन सर।'
शिक्षकले फेरि अर्को प्रशन गर्यो - 'यदि एक घण्टासम्म यसरि हातमा समाती राखेँ भने के हुन्छ ?'
अर्को विद्यार्थीले उत्तर दियो - 'तपाईको हात दुख्न थाल्छ सर।’
शिक्षकले सोध्यो - ‘यदि मैले दिनभरि यसरि हातमा समाति राखेँ भने के हुन सक्छ?’
अर्को विद्यार्थीले उत्तर दियो –“दुखाइका कारण हात सुन्न्निन सक्छ, हातका नशाहरुमा दुखाई बढी हुनसक्छ । अनि तपाईँ अस्पताल जानु पर्ने हुनसक्छ सर ।”
त्यसपछि शिक्षकले भन्यो - 'धेरै राम्रो उत्तर, तर यो बीचमा गिलासको तौलमा परिबर्तन हुन्छ त?
सबैले उत्तर दिए- “हुँदैन सर।”
शिक्षकले सोध्यो – “यदि गिलासको तौलमा परिबर्तन हुँदैन भने किन मेरो हात दुख्छ त? यो दुखाईबाट छुटकारा पाउन मैले के गर्नु पर्छ ?
एक जना विद्यार्थीले भन्यो –“सर गिलास तल राख्नु पर्छ, धेरै बेर हातमा समाति राख्यो भने दुख्छ ।'
अन्तमा शिक्षकले भन्यो :-
'जिवनमा आउने समस्याहरु पनि यस्तै हुन । अलि बेर सोच्दा केहि हुदैन तर धेरै लामो समयसम्म दिमागमा सोची राख्दा हाम्रो मस्तिस्कमा दुखाई हुन थाल्छ, कठिनाई उत्पन्न हुन्छ । समस्या उही र सानाे भएता पनि निरन्तर साेचाइका कारण विस्तारै तनाब हुन थाल्दछ । हाम्रो जीवनमा आउने हरेक चुनौति र समस्याहरु बारे सोच्नु पर्छ, चिन्तन गर्नु पर्छ तर निरन्तर दिमागलाई प्रेसर दिनु हुदैन । समय मिलाएर पढ्नु पर्छ, समयमै आराम गर्नुपर्छ, शारीरिक कसरत गर्नुपर्छ वा समय मिलाएर मनोरंजन पनि गर्नु पर्दछ । नत्र भने सानो-सानो हलुका लाग्ने कुराले पनि तनाब पैदा गर्छ ।'