Sunday, May 24, 2020

आमा - कथा



एउटी बुढी आमा थिइन् । उनको एउटा छोरो थियो । उसलाई DV परेर अमेरिका गएको थियो ।
एकदिन छोराले फोन गरेर भन्यो:"आमा म नेपाल आउँदैछु ।"
छोराको कुराले आमा असाध्यै खुशी भएर उनी छोरो आउने दिन गन्न थालिन् । एकदिन छोरो आइपुग्यो । धेरै समय पछि छोरोलाई आफूसंग पाउँदा आमा धेरै खुशी भइन् ।
केहि दिन बितेपछि छोराले आमालाई भन्यो:"आमा अब यो नेपालको सबै सम्पत्ती बेचेर हामी अमेरिका जानुपर्छ ।"
आमालाई आफ्नो पुर्ख्यौली सम्पत्ती बेच्ने मन त थिएन तर आफ्नो मुटुको टुक्रा छोरा नै अमेरिका बस्ने भएपछि छोरासँग उतै जाने बिचारले बेच्ने मञ्जुरी दिइन् ।

केहि दिनपछि सबै सम्पत्ती बेचिदिन्छ । त्यसपछि एक बिहान छोराले आमालाई भन्यो: आमा आज हामी अमेरिका जानुपर्छ । छोराले आमालाई एयरपोर्ट लिएर गयो । एयरपोर्टमा गएर प्रतिक्षालयमा बसाउँदै भन्यो: "आमा तपाई एकैछिन बस्दै गर्नु म टिकट लिएर आउँछु ।"
यति भनेर छोरो भित्र गयो । आधा घण्टा भयो छोरो आएन । त्यसरी नै २ घन्टा बित्यो, ५ घन्टा बित्यो तर छोरो आएन । ती आमाअझै पनि छोरो आउने आशामा बसिरहिन् । रात परिसक्यो तैपनी छोरो आएन । तब एयरपोर्टको एक कर्मचारी आएर भन्यो: "आमा तपाईँ धेरै बेर देखि यहि बसिरहनुभएको देखेँ । किन बस्नुभएको कोही बिदेशबाट आउँदै हुनुहुन्छ र ?"
बुढी आमाले जवाफ दिइन्: "होइन बाबु । मेरो छोरो अमेरिका जानको लागि टिकट काट्न गएकोछ । उसैलाई कुरेर बसेको ।" कर्मचारीले अचम्म मान्दै सोध्छ: अमेरिका? अमेरिका जाने प्लेन त ३ बजे नै गइसक्यो । तपाईको छोराको नाम के हो ? बुढीले छोराको नाम भनेपछि कर्मचारीले अमेरिका जानेलिष्टमा चेक गरेर भन्यो: "आमा तपाइको छोरो त ३ बजेको प्लेनमा गइसक्नु भएछ ।" कर्मचारीको कुरा सुन्ने बित्तिकै बुढी आमा केही बोल्न सकिनन् । आँखाबाट आँशु मात्र झारिरहिन्। उनी एकोहोरी भइन् । उनी निराश हुँदै त्यहाँबाट हिँडिन् । घर जाउँ घर छैन अब बाँचेर के गर्नु भनेर उनी नदिमा हाम्फालेर आत्महत्या गरिन् ।

केहि समय पछि हल्ला सुनियो ती बुढि आमाको छोरो पनि दुर्घटनामा परि मर्यो भनेर।

मोरल: आमा बुबा इश्वर सरह हुन् उहाँ हरुलाई कहिल्यै दु:ख दिन हुन्न । यदि कसैले आमा बुवालाई दुःख दिन्छ भने त्यसको सजायँ स्वयम इश्वरले दिनुहुन्छ ।


अव्यक्त प्रेम - कथा

एउटा केटाले एउटी केटिलाई धेरै मन पराउथ्यो र प्रेम गर्थ्यो।  केटाले केटिलाई सानै देखि धेरै माया गर्दथ्यो तर पनि केटीलाई केहि भन्न सकि रहेको हुदैन। केटा र केटी धेरै मिल्ने साथि थिए। संगै घुम्ने सगै खाने ,प्राय जसो उनीहरु दुई जना एक अर्का बीच झगाडा हुने गर्दथ्यो तर एक छिन झगडा भए पनि फेरी मिलिहाल्दथ्यो।  

 एक दिन केटाले केटीलाई  प्रेम प्रश्ताब राख्छु भनि भ्यालेन्टाईन्डेको दिन पारि फोन गरेर बोलाउँछ। .केटिले नाई म आउन सक्दिन, मेरो काम छ घरमा भन्छिन। केटा निराश हुन्छ ।  भोलि पल्ट केटा कलेज जान्छ र केटिलाई भेट्छ,अनि फेरी भन्छ "यो आउने शनिबार जसरी भए पनि भेटनु एउटा कुरा भन्नु छ।" केटिले पनि हुन्छ भन्छिन।

६ दिन पछि अर्थात् शनिबारको दिन बिहानै केटाले फोन गर्छ र १० बजे पार्कमा भेट्ने कुरा गर्छ। केटिले पनि हुन्छ भन्छिन। दिउँसोको समय केटा एक हातमा फुल लिएर पार्कमा बसि रहेको हुन्छ ,केटी आउने पर्खाईमा । तर ११ बजि सक्दा पनि केटि आउदैन। केटा निराश हुदै केटीको मोबाईलमा फोन गर्छ।  तर कुनै अपरिचित केटाले फोन उठाउछ र भन्छ ,

केटा: "को हो तपाईं?"

अपरिचित: "म कोई हैन तपाई यो मोबाईल धनीलाई चिन्नु हुन्छ भने चोकमा आउनुस्,किन कि भर्खरै यो मोबाईल धनी कार दुर्घटनामा परेकोछ।"

 केटा हतार हतार चोकमा पुग्छ। जब केटा पुग्छ, केटिले यो दुनिया छोडि सकेको हुन्छ। केटिको शरीर भरि रगत नै रगत देखेर केटाको आँखा भरि आँशु आउँछ र उ रुन थाल्छ। 

अनि अपरिचित एक जना केटाले केेेेेटीको मोबाइल दिंदै भन्छ "लिनुश यो मोबाईल,उहाँलाई कारले १० बजे तिर ठक्कर दिंदा यो मोबाईल उछिटीएको थियो.।"

केटा रुदै मोबाईल लिन्छ अनि पागल झैं छटपट हुन थाल्छ।  एक छिन पछि केटिको परिवार पनि आई पुग्छन।  केटा एक कुनामा गएर मन मनै सोच्छ, कि यो सब मैले गरेर हुन हुनगएको हो।  मैले भेट्न नबोलाएको भए यो सब हुने पनि थिएन भनेर।  

 केटा आखा भरि आशु लिएर रुँदै बस्छ।  त्यहि समय  केटाको मोबाईलमा एक म्यासेज आउछ।  केटाले म्यसेज हेर्छ।  केेेटिले पठाएको म्यासेज waiting मा बसेर भर्खरै केटाको मोबाइलमा मेसेज आएको हुन्छ।  sms मा लेखिएको थियो "म आउन ढिला हुन्छु नरिसाउ है। "

अनि केटाले केटिको मोबाईल चेक गर्छ । केटिको मोबाइल मेसेज भित्र जान्छ र हेर्छ।  केटिले केटाको लागि भनेर लेखेर राखेको धेरै म्यासेजहरु भेटाउछ। केटाको आखा झन् धेरै आँशुले भरिन्छ र आँशु पुछ्दै अरु म्यासेज पढ्न थाल्छ।  जुन म्यासेज हरु  केटिले केटालाई सेन्ड गर्न नसकि  सेभ गरि राखेकाथिए ।

एक म्यासेज यस्तो थियो "मेरो काले तिमीलाई धेरै माया गर्छु,तर म भन्न सक्दिन।  किन कि हाम्रो मायामा कतै खोट हुने त हैन भनेर। 
तिमी पनि मलाई धेरै माया गर्छौ मलाई थाहा छ।  तर मलाई डर थियो कि कतै हाम्रो मित्रता नै छुटिने होकि भनेर ।" यो पढे पछि केटा झन छागाबाट खसे झै हुन्छ।

यदि तपाइ पनि कसैलाई माया गर्नु हुन्छ भने ढिला नगर्नुस। नत्र तपाइले आफ्नो कुरा व्यक्त गर्न नपाइ समयले तपाइंलाई छोडी सकेको हुनेछ। 

Wednesday, May 20, 2020

सेतो गुलाफ र भंगेराको प्रेम कथा


कुनै एक ठाउँमा एउटा भंगेरा बस्दथ्यो। उसले सेतो गुलाबको फुललाई असाध्यै माया गर्दथ्यो। यति माया गर्थ्यो कि हरसमय गुलाफकै यादमा डुब्ने गर्दथ्यो। यो कुरा उसले सेतो गुलाबको फुललाई बारम्बार भन्दथ्यो तर त्यो सेतो गुलाबले उस्को माया स्विकार गर्दैनथ्यो।
यसरि नै समय बित्दै थियो। भंगेराले उस्को प्रेमि बिनाको जीवन जिउन बाध्य थियो। उसले अन्तिम पटक गुलाफलाई प्रेम प्रस्ताव राख्छ। यस पटक सेतो गुलाबको फुलले एउटा सर्त राख्दछ, कि यदि त्यो भंगेराले उसलाई रातो बनायो भने उस्को प्रेम स्विकार गर्ने अनि उ संग प्रेम गर्नेछ।
बिचरा भंगेरो आफ्नो प्रेम पाउने आशाले आफ्नो छाती चिरेर गुलाबको फुल माथि बस्दछ । सेतो गुलाबको फुल भंगेरोको रगतले रंगीएर रातो हुन्छ तर त्यतिन्जेलसम्ममा भंगेरा मरिसकेको हुन्छ। सेतो गुलाफले बल्ल भंगेराले उसलाई माया गरेको महसुस गर्छ र धेरै पश्चाताप गर्छ तर समय बितिसकेको हुन्छ। उसले एउटा आफूलाई अत्यन्त माया गर्ने प्रेमीलाई गुमाइसकेको हुन्छ।

Monday, May 18, 2020

स्वार्थी प्रेम

एउटा केटाले एउटी केटीलाई अत्यन्तै प्रेम गर्दथ्यो। उनीहरु प्राय जसो भेट्ने र आपसमा समय बिताउने गर्दथ्यो। एक दिन सदा झैँ केटाले केटीलाई फोन गर्छ ,
केटा : नानू के गर्दै ? केटी : हजुर! बसिरहेको तपाई ? केटा : same .तिमी मलाई् भेट्न आउन सक्छौ ? केटि : ओके, कहाँ आउने हो ?
केटी : म पनि हजुर बिना कहाँ बाच्न सक्छु । love u forever !
केटा : अरु दिन भेट्ने ठाउमा नै । केटि : हवस् ! ( दुबैको सधै भेट्ने ठाउमा भेट भएपछि ) केटा : म तिमिलाई म भन्दा नि बढी माया गर्छु ।
केटी : अहिले नै किन हतारिनु हुन्छ ? पहिला SEE सक्छु त्यसपछि nursing सकेर गरौला ; बरु मरो पढाईको लागि पैसा जम्मा गर्नुहोला ।
केटा : love u too.. कहिले गर्ने हो बिवाह ? केटा : ok तिमी पढन चाहान्छौ भने म रोक्दिन । तिमी खर्चको कुनै चिन्ता नगर ; म व्यबस्था गरिहाल्छु। बरु आजैबाट राम्ररी पढने गर ।
केटी : ok Take care . daily call गर्नुहोला । नत्र..
केटी : ok हजुर ,तपाईको मायाले होला, मेरो पढाई झन झन राम्रो हुँदै गएको छ। केटा: umm ( घडिमा हेर्दै) ला नौ बजे भईसकेछ । अब छुट्टिउ त ;office जानू छ । केटा: ok बाबा हुञ्छ । केटी : मलाई call नगरे धेरै चिन्ता अनि पागलपन आउँछ ।
( माया प्रेम ; धोका , जिबनका राम्रा नराम्रा कुराहरु सङ्गै ४ वर्ष बितेछ। केटाको खर्चले पढन लागेको course पुरा हुन लागेछ ।)
केटा : मलाई पनि तेस्तै तेस्तै हुन्छ । कहिले काहीँ त आफ्नो काम नि बिर्सन्छु। केटि : म पनि हजुरले भन्दा बढी प्रेम गर्छु । ल ल जानू office late होला । केटा: ok dear बाई CU. केटि : बाई बाई ...!
केटा : अब त बिबाह गर्ने समय भयो । कहिले गर्ने बिवाह ?
केटा : किन आज भोलि म सङग नबोल्ने अनि बिवाह गर्न नि नमान्ने के भयो?
केटिं : कति हतारिनु हुन्छ के हजुर ? अब म job लाग्छु अनि गरौला हुदैन ? केटिको बानिमा धेरै परिवर्तन हुँदै जान्छा :अगाडिका दिनहरु भन्दा पछिल्ला दिन हरुमा धेरै कम बोल्ने ; बोल्न पनि मन नलगाउने जस्ता विभिन्न स्वभावहरु देखाउन थालिछे । केटाले एक दिन लामो समय गफ गरि मुख्य कुरा पत्ता लगाउन खोज्छ।
केटि : (केटा र आफ्नो आखाका आँसु पुछदै) sorry हजुर सक्नु हुन्छ भने मलाई बिर्सनु ; म कुनै नराम्रो केटा सङग हैन MBBS पढने सङ्ग प्रेम गरेकीछु ।
केटि : केहि नी भएको छैन हजुर । अहिले बिबाह गर्ने मन छैन । केटा : आज सम्म पढाए तेहि भएर हो । अचेल म सङग कुरा गर्न नचाहाने? केटि : हैन हजुर; sorry; तपाईलाई भन्दा बढी अरु कसै लाई चाहन्छु। केटा : WHAT ? ? ( आकास आफ्नो अगाडि झरे झै ; अनि आफू कुनै ठूलो भिरबाट खसे झै ।) आज तिमिबाट यहि शब्द सुन्नलाई हो र मैले पढाएको?
केटि : हैन हजुर म तपाईंलाई धेरै माया गर्थिए तर अब हजुरलाई साथ दिन सक्दिन sorry.! मलाई बुझने कोसिस गर्नुहोस तपाईले मलाई पढाउनुभयो तर यो कुरा भुल्नु भयो कि मैले नि तपाईलाई मिठा कुरा अनि तपाईंसंग बिताएका साथहरुमै तपाईको पढाएको खर्छ बराबर भयो । मैले अरु धेरै बोल्नु छैन । तपाईं आफैले नै बुझ्नु। तपाईं यो कुरा नि सोच्नु कि म कति गरिब अनि कति सानो job मा छु भनी।
केटा : एक पटक सोच त म तिमी बिना कसरी बाच्न सक्छु ? तिमी मलाई यस्तो अबस्थामा कसरी छोडेर जान्छौ? मैले तिमी नै भनी सबै थोक त्यागे अनि आफ्नो कमाएको नि सबै तिमी मै लगाए । अन्तमा तिमीले मलाई नै धोका दिदैछौ । म तिमी बिना बाच्न सक्दिन । तिमी मेरि हुदैनौ भने म मर्छु । केटा : हो मैले तिमिलाई चाहानु माया गर्नु अनि पढाउनु नै मेरो ठूलो भुल थियो ।तिमिले जे जे भने नि म तिम्रा लागि ईश्वर जस्तै हुँ। ठिकै छ । तिमीले मेरो कोमल मन अनि मलाई बुझन सकिनौ ; जे जे भए सबै बिर्सेर खुसिको साथ जिउनु ल । म त यसै बिलाउछु होला ; म तिमी बिना खै सोच्नै सक्दिन ।
र केटिको बिबाहको दिन घर नजिकैको भिरबाट हाम फालेर मर्यो।
केटी : हो तपाईंसङग पढाउन सहयोग माग्नु; मेरो भुल थियो । thanks . आफू मर्ने कुरा नगर्नु बरु कुनै गरिबकि छोरी सङग बिबाह गरि खुसी हुनु bye.! त्यसपछि केटा पागल जस्तै हुञ्छ ; कहिल्यै घरमा नबस्ने प्राय जङ्ल, डाडा पाखातिर जाने, जहाँ मन लाग्यो ; त्यही गएर सबैलाई गाली गर्ने लगायत विभिन्न पागलपन्मै ६ महिना बित्यो । ६ महिना पछि केटिको बिबाह निश्चित भएको कुरा थाहा पाएछ। केटा झन पागल हुञ्छ । केटाले आफ्नो मनलाई सम्हाल्न सक्दैन ।

बाबाको उपहार (कथा)

एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन छोरीले बाबालाई सोध्छे:

छोरी : "बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ?"

बाबाः "त्यो आउन धेरै समय बाँकी छ छोरी ।"

एक दिन छोरी हिड्दै गर्दा अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ । विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ ।
डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुनसक्छ ।’

अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ: ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’

बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?’

छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन भनेर ?’

त्यो बाबुले छोरकिो निधारमा मायालु चुम्बन गर्दै "मलाई थाहा छ छोरी" भन्छ र गहभरी आँसु लिएर त्यहाँबाट बाहिर निस्कन्छ ।

धेरै दिन भैसकेको थियो बाबाले छोरीलाई भेट्न नआएको। जब उ १५ वर्षकी हुन्छे र पुरै सन्चो भएर काकीसंग घर फर्किन्छे । उसले घर आउनासाथ एउटा चिट्ठी पाउँछे, जुन उसकी काकीले उसलाई दिन्छिन । त्यो चिट्ठी उसलाई सम्बोधन गरेर उसका बाबुले लेखेको हुन्छ । जहाँ लेखिएको हुन्छ:
मेरी प्रिय छोरी…!

यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु सबै राम्रो भएको छ । जुन मैले तिमीलाई भनेको थिएँ । तिमीलाई याद छ बेटा…एकदिन तिमीले मलाई सोधेकी थियौ नि “बाबा मेरो १५ औं जन्मदिनमा हजुर मलाई के उपहार दिनुहुन्छ’?" भनेर । मलाई त्यो बेला थाहा थिएन तर अहिलेको उपहार तिमीलाई मेरो ‘मुटु’ हो । तिमीलाई जन्म दिँदा तिम्रो मामुले हामीलाई छाडेर गएकी थीइन। त्यो त मैले सहेको थिएँ तर तिमी त मेरो मुटु थियौ, मेरो प्राण ! त्यसैले कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्नथेँ । यो पत्र पढेर कहिल्यै दुःखी नहुनु । मेरो मुटुको सधैं राम्रो ख्याल राख्नु है छोरी…..!
उही तिमीलाई माया गर्ने बाबा। "


साँचो प्रेम (कथा)

एक गरिब केटा जसले एउटि केटिलाई अत्यन्तै माया गर्थ्यो । उसले केटीलाई नसम्झेको कुनै पल हुँदैनथ्यो । एक दिन फोनमा: केटा : खाना खायौ काली ? केटी : छैन! खाने मनै छैन। केटा : किन? के भयो र काली? केटी : मलाई एउटा ड्रेस लिनु मन थियो तर बाबा ममीले पैसा नै दिनु हुन्न.! केटा : ल! के भयो त अनि? पगली म दिम्ला नि त! केटी : तिमीले कसरी दिन्छौ?तिमी संग त्यति धेरै पैसा हुनुपनि पर्यो नि...! केटा: तिमी tension नलेउ,वरु खाना खाउ छिटो। चिसो भयो भने फेरि बिसन्चो हुन्छ चिसो खानाले...! भोलि पल्ट केटाले आफूले सानै देखि दशैंको टिका लगाएर पाएको पैसाहरु जम्मा गरेर राखेको खुत्रुके फोर्छ र केटि लाई ड्रेस किन्दिन्छ...! केटी : आज म धेरै खुसी छु।मलाई मन परेको ड्रेस किनेर लगाउन पाएँ। thank you so much..love_you काले...! यस्तै हाँस खेलमै ४/५ महिना बितिसकेको हुन्छ।यस्तैमा अचानक एक दिन...! केटी : अब हामी कहिलै भेट्नने छैनौं,म अब एक धनी केटा संग विवाह गर्दैछु। केटा : तर...म तिमी लाई माया गर्छु...! केटी : मायाले मात्रै जिन्दगी चल्दैन,मेरो अरु पनि इच्छा,चाहानाहरु छन्।जुन तिमी पुरा गर्न सक्दैनौ! किनकी तिमीसँग पैसा छैन। अहिलेको जमनामा माया र प्रेमले मात्र केहि हुनेवाला छैन।त्यसैैैले सक्छौ भने मलाई भुल्देउ good_bye...! केटा : पैसाको गरिब भय होला तर मनको गरिब छैन काली, कुनै बेला आवश्यक पर्यो भने त्यो चिज पनि दिनेछु! जुन तिमीले कहिल्यै सोचेको पनि छैन होला! "Ok"आफ्नो ख्याल राख अनि सधै खुसी बनि राख ल.! ❤त्यसको दुई हप्ता पछि केटीले धनी केटासंग विवाह गर्छे।हेर्दा हेर्दै केटीले विवाह गरेको पनि २ बर्ष वितिसकेको हुन्छ र पनि केटाले केटिको पल पलको खवर बुझ्ने कोसिश गरिराखेको हुन्छ।यस्तैमा अचानक एक दिन केटि बिरामी हुन्छे अनि उसलाई Hospital मा लगिन्छ। Doctor : sorry.उहाँलाई बचाउन गाह्रो छ। यदि कसैले आफ्नो मुटु उहाॅ लाई दियो भने मात्र उहाँ बाच्नुहुन्छ। ३ घण्टा पछि केटि होसमा अाँउछे । केटि: ममि म कसरी बाॅचे?कस्ले मलाई आफ्नो मुटु दिएर बचायो...? ममि : त्यहि के त जस्ले तिमीलाई पागलसरि माया गरिरहन्थो। यो चिठ्ठी पनि दिएको थियो पढ लौ । चिठ्ठी मा लेखिएको थियो÷"काली कुनै दिन तिम्ले यो मुटु💔टुक्र्याएका थियौ तर आज त्यहि मुटु तिम्रो छात्ती भित्र धड्किरहेको छ।अब त यसलाई कसरी टुक्र्याउन सक्छौ र?"...😢😢

Saturday, May 16, 2020

पहिलो प्रेम (कथा)

“तैँले बिहे गरिस् भने त गीत गाएरै पाल्छे यार । कृष्ण दाईले बारम्बार यहीँ कुरा दोहोर्याइरहन्थे । मलाई हाँसो लाग्थ्यो। नेपालका चर्चित गायक गायिकाहरु आफ्नो जीवन धान्न नसकेर अमेरिका भासिरहेका बेला दाईको दाबी देख्दा हाँसो लाग्दो नै थियो ।

घरको अवस्था, पारिवारिक परिवेश अनि आफ्नो बढ्दो उमेर सबै कुराले मलाई निरन्तर बिहेको निम्ति प्रेशर गरिरहेका थिए । घरको जेठो छोरो भएकोले केही तनाव पनि थियो । आफन्त छिमेकी सबैले बिहे गर्न बारम्बार सम्झाइरहन्थे। यस्तै परिवेश बुझेर होला सायद कृष्ण दाईले बिहेको कुरा गरिरहन्थे ।

बडिगाढ खोलाको तिरमा दिब्रुङ्ग, सालिमे जस्ता तपोभूमिले घेरिएको गाँऊ साँच्ची सुन्दर थियो ।


कृषि क्षेत्रमा ऐतिहासिक गाउँ । साँच्ची राम्रो लाग्थ्यो । राजनीति लगायत अन्य बिबिध कारणहरुले गर्दा म त्यो गाँउमा घुम्नजाने अवसर मिल्थ्यो पनि ।
प्रकाश र म बरारुखको पोखरी निर थियौँ । पसलमा आउने जाने फाट्टफुट्ट देखिन्थे। दुईतर्फ रिबन बाँधेकी, रातो कुर्ता र जिन्सको पाईन्ट लगाएकी सानी केटीसित दुई जना केटाहरु आएका थिए । दुबैले त्यस केटीलाई यो किन्देर त्यो किन्दे भनेर सताईरहेका थिए। ऊ पनि झिँजि सकेकिथीइन । २(३ वटा मिठाई किनी र २ किलो जति चिनी किनेर ति  केटी  घर तिर लागिन् । सानीसानी ति केटिलाई प्रकाशले जिस्क्यायो । केटी जोडले दौडी ।  सायद ठानी होली च्याप्प समाएर लैजालान् । पहिलेको समय क्रम पुनर्याद भयो ।

ती क्याम्पसका दिनहरु सम्झिन्छु , एक मनले स्वतन्त्रता प्राप्तिका निम्ति लडेका ऐतिहासिक दिनहरु थिए। विद्यार्थी कालमा विभिन्न बहानामा जोडिन चाहने मनहरुका कथा अझै रोमाञ्चक लाग्छ  । प्रेम गर्ने अनि घुम्ने समयमा विभिन्न अभावका घेराहरुमा कैद भएर जिऊ पाल्ने कामलाई मात्र आदर्श ठानियो ।

कहाँ प्रेमका कुरा कहाँ लैला मजनुका कुरा सबै अनावश्यक थिए । आज जीवन जिउन त्यति धेरै संघर्ष गर्ने अवस्था छैन । तर ती सुन्दर साथी, समय र परिवेशको अभाव छ । सायद यस्तै अभाव र प्रभाव विचको समय नै जीवन होला ।

घरमा एकाएक बिहे गर्ने कुरो चलेपछि मन तनावमा छ । कस्ती होली ? के गर्दै होली ? र  मेरो मन बुझ्छे कि नाई ? जस्ता अनेकौँ प्रश्नहरुको उत्तर कल्पन्छु तर के गर्नु मेरो मनले उत्तर दिन सक्दैन । जसरी आज मेरो मनमा उसका काल्पनिक दृश्यहरु झल्किएका छन् । त्यसरी नै उसको मनमा पनि कुनै कल्पना आए होलान्त ? के गर्नु आफैले आफैलाई प्रश्न गर्छु तर पनि उत्तर खोज्न उसैको मनलाई खोज्दै जीवनका अँध्यारा मोडहरुमा भौंतारिरहेछु ।

प्रविधिको व्यापक प्रयोग हुने समय थियो । फेसबुक बाट खोजेर कृष्ण दाईले देखाए । बायाँ काँधमा कपाल झारेकी, गोरी, रातो कुर्ता लगाएकी। खै आफुले आफैलाई बिर्सिएछु । लाज लागे जस्तो भयो । हेर्नै सकिन पनि । तर जबरजस्त हेर्ने चेस्टा गरेँ । राम्रै लाग्यो ।

पहिलो प्रेम, पहिलो नजर, पहिलो सन्तान, पहिलो कमाई, पहिलो जागिर सबै स्मरणीय हुन्छ भन्ने सुनेको थिएँ । साँच्ची रहेछ । म पनि त्यसको अपवादमा रहन सकिन । कताकता त्यो दिलभित्र पसिहालिछ । प्रत्यक्ष त्यसलाई देख्न नपाईकन फोटो हेर्दै मा मनपयो । तर कृष्ण दाईलाई यो कुरा भन्ने साहस ममा रहेन ।

तस्बिरले मोहित बनाएर हो या के हो उसलाई देख्ने लालसा बढ्यो । साँझ आएर फेसबुकमा खोजें तर ऊ भेट्टिईन । भोलीपल्ट भेटिई ऊ त्यही फोटो त्यही नाममा । उसको फोटो हेरेरै दिन कट्न थाल्यो भन्दा फरक नपर्ने । तर कायर रहेछु सायद फ्रेन्ड रिक्वेस्ट पठाउने साहस मनमा आएन । उसका फोटोमा अरुले गरेका कमेन्ट पढ्ने बाहेक केही काम हुन सकेन ।

कृष्ण दाई निरन्तर प्रयासमा छन् । म पनि उ सँग नबोलेनी हेरेर चित्त बुझाएकोछु । उसको सुन्दरतामा मोहित भएको छु । बाबु भाईले पिकनिकको फोटो ल्याएछ । ऊसले गीतको भिडियोमा पिङ्क कलरको आउटर लगाएर मिठो गीत गाएकी थिई ।

ऊ सँग नजिकिन खोज्थें । तर नजिकिने आधार नै पाउन सकेको छैन । टि। एम। कलेज पढ्छे भन्ने थाहा पाएसी देख्ने लालसा बढेको भने सत्य हो । राजनीतिक कारण देखाउँदै विभिन्न बहानामा कलेज धाउन थालेको थिएँ । तर ऊ भने कहिल्यै भेटिनन।

मनले खाएपछि, अलि मन मिल्ने मान्छे भेटाएपछि, उसकै बारे सोध्न मन लाग्दो रहेछ । मनले खाको हरिलाई सोधेँ । कस्ती छिन उनि ? एकै वाक्यमा उत्तर दियो । ठिक छैन, खत्तम छे यार । त्यो भन्दा त चिम्सी ठिक छ । हरि उसका राम्रा र नराम्रा कारणहरुबारे प्रबचन दिँदै थियो । मैले झोँकमा भनेँ मुला २ ठाउँ पोइला गएनी ल्याउँछु, धेरै नबोल । हरि  मलाई हरि हेरेको हेरै भयो ।

सायद माया बस्दा बोल्नै पर्छ भन्ने नहुनी रहेछ । एकतर्फ माया भए पुग्यो । सायद भक्ति र माया पर्यायवाची हुन् । सदरमुकामको प्रतिक्षालयमा बसेको छु । त्यसैलाई प्रत्यक्ष हेर्न भनेर ।

फोटो हेरेर हुन्न है । केटी आफ्नै आँखाले हेर्न पर्छ । माईजु र म कुरागर्दै हिँडेकाछौँ । हुग्दी खोलाको पुलमा पुगेर हेर्छु । पारी पट्टिको सेतो बिल्डिङ्ग, जहाँ दिलकुमारीले पढ्दै छिन् । भुँईमा आँखा पर्छन् । हेर्छु उद्घाटन नहुँदै भत्केको पुल देख्दा देशको अवस्था देखेर पछुतो लाग्छ । कतै मेरो यहि पुलको जस्तै हालत हुने पो हो कि।

ज्ञवाली होटलमा चिया खाएर बसेको मान्छे म, घरिघरि क्याम्पसतिर नजर डुलाउँछु अनि हेर्छु ११ बजेतिर दुइटी सँगै झरे । कालो ड्रेसवाली चाँही मस्कीदै थिई । अर्की अलि  सानै उमेरकी झैँ लाग्थ्यो । लुकेर हेर्न गाको मान्छे म, मन चञ्चल भयो । बोलौँबोलौँ लाग्यो ।तर बोल्ने सामर्थ भने ममा रहेन।

ज्ञवाली होटलको बाहिर डिलमा बस्दै चिया पिउँदै गर्दा नजिकै आएपछि एक्कासी बतासिए । जसरी वनमा शिकारी देखेपछि मृग बतासिन्छ । पुल नकटुञ्जेल हेरिरहेँ । देखिन छोडेसी हातको चियामा हेर्दा झिँगा फटफटाउँदै थियो । त्यसको उद्धार गरिदिएँ ।

नराम्रोलाई नराम्रो भन्नु अपराध होईन । यो त परम्परा नै हो । आशाका किरणहरु अस्ताएपछि कोठामा रहेको ऐना टल्कियो । झलक्क ऐना हेर्दा जँड्याहा, हावा, गरिब, ट्यापे लगायतका अनेकौँ स्वरुपले गिज्जाएझैँ लाग्यो । तर ऊ आज सम्म पनि मेरी हुन सकिन खै कसकी भएकी हो ? पोहोर साल गाउँतिर जादाँ बच्चा काखमा समातेर हिडेकी थिई । सम्झना आईरहन्छ पहिलो माया भनेको पहिलो माया नै रहेछ, जो जीबन भर नमेटिने हुँदो रहेछ ।



Thursday, May 14, 2020

प्रेम कथा - “अधुरो प्रेम”

सदा झैं म साथीहरू संग च्याट गरेर बसिरहेको थिएँ । एक साँझको कुरा हो, जसलाई मैले केहि महिना देखि मनमा सजाउन थालेको थिएँ, उनैको म्यासेज आयो । एकासी हाई भनेर, अनि म छक्क परेँ, कस्तो अचम्म है, यतिका दिन नबोलेको मान्छे आज एक्कासी आएर आफैँ बोलाइन्, जसलाई सम्झेर अनि कल्पना गर्दै उनको तस्बिर हेरेर दिन बिताउने गर्दथेँ । उनीसंग आज देखि बोल्न पनि पाएँ भनेर खुशीले मनै फुरुङ्ग भयो र म खुशीले नाच्न थालेँ ।

हाई, हेल्लो, सन्चो-बिसन्चो यस्तै कुरामा पहिलो दिन नै कति धेरै कुरा भयो हाम्रो । च्याट गर्दागर्दै उज्यालो भएको पत्तै भएन । लागेन कि म उनीसंग पहिलो चोटि बोल्दैछु । पुरानो प्रेमी कति धेरै पछि कुरा भएजस्तो अनुभुती भइरहेको थियो ।। एक दिनमै हामी निकै नजिक भइ सकेका थियौं । दिन प्रतिदिन कुरा हुँदै गयो उनको तस्बिर देखि त म पहिले नै आकर्षित थिएँ । बिस्तारै बोली वचन र ब्यवहार पनि मैले चाहेको र खोजेको जस्तै लाग्यो अझ आकर्षित हुँदै गएँ म उनी प्रती । आखिर उनी मेरो पहिलो प्रेम थिइन् । त्यसैले निकै लगाब बढ्दै गयो । मैले मात्र हैन उनले पनि मलाई निकै माया दिइन्, कुरा गर्दै जाँदा मैले उनलाई मेरि सानु भनेर सम्बोधन गर्दा उनी खुशी हुन्थिन् तर पनि उनी मलाई 'किन यस्तो नामले बोलाउनुभएको ? मलाई मन पर्दैन यस्तो नाम' भन्दै रिसाए झैं गर्दिन्थिन्। उनी कहिले रिसाए जस्तो त कहिले खुशी हुन्थिन् । सायद आफ्नो मान्छे भएर होला।

उनी रिसाएको थाहा पाउने बितिकै म 'मेरि सानु सुन न' भनेर अनेक-अनेक भनेर फकाउन थाल्थेँ । अनि उनी 'ल ल भयो भयो नक्कल नपार्नु ' भनिदिन्थिन् । अनि म 'मेरि रानी कति सताउँछ्यौ? कुनै दिन म रहिन भने कसलाई सताउँछ्यौ?' भन्दै हाँस्ने गर्थेँ। अनि उनी केही बोल्नै नसकि चुपचाप सुनिरहन्थिन् । यस्ता शब्दले कता कता दु:ख माने झैं गर्थिन् उनी। 'लाटी जिस्क्याएको हो । दुखी नहुनु' भन्दै अरु कुरा निकाल्ने गर्थेँ म। यस्तै – यस्तै अनेकौं मायाका कुरा हुँदै गए । हामी हाम्रै मायामा डुब्दै गयौँ।

अलि समयपछि मैले भिडियो कल गरौँ सानु भनेर भनेँ । उनले झसङ्ग हुँदै भनिन् 'अहँ हुदैन किन भिडियो कल गर्नु पर्यो र? मैले भनेँ 'मैले मेरै मान्छे हेर्न सम्म नपाउनु ?' उनले 'अहँ हुँदैन' हुँदैन' भनिन् मैले मायाले बार-बार कर गरेपछि उनले पनि हुँदैन भन्न सकिनन् । 'ठिकै छ भोलि भाइबरमा कल गर्नुस्' भनेर बिदा लिइन् । खाना खाएर कोठामा गएँ । सुत्ने बेला भएको थियो मनमा अनेकौं कुरा खेल्न थाल्यो मनै न हो ।

अनेक अनेक सोच्न पुगेँ कतै भिडियो कलमा देखेपछि मन नपराउने पो हो कि अनि भोलि देखि बोल्नै छाडिन् भने म के गर्नु ? यस्तै यस्तै डर त्रास र खट्पटीले रात भरी निदाउनै सकिन ।

भोलि पल्ट दिउँसोको समय थियो । मैले भाइबरमा कल गरेँ ।
उनले नजर जुधाएर हेर्न बोल्न सकिनन् । छोरी मान्छे भएर होला अलिक लजाइन् उनी । अनि मैले सधैं झैं जिस्काउँदै मुसुक्क हाँसेर भनेँ 'नलजाउन मेरी क्युटी यता हेर न भने' । अनि उनले अझ लजाएर फोन थप्पक काटिन् । अनि 'अहो! रात भरी अनेक थरी सोचेँ बेकारमा । म पनि अचम्म कै छु भन्दै हाँस्न थालेँ । उनको लज्जा देख्दा पक्कै उनलाई पनि म मन परेको रहेछु' भनेर ढुक्क भएँ ।

समय बित्दै गयो कुरा हुँदै गयो हामीले करिब २ बर्ष पछि बिबाह गर्ने निर्णय गर्यौं ।
कहिल्यै हामी बिच मनमुटाव भएन। उनी रिसाउँदा मैले फकाउँथेँ , अनि म रिसाउँदा उनले फकाउँथिन् । कहीँ कतै मायामा कुनै शंका भएन एक अर्का प्रति । साँच्चै अति सुन्दर थियो त्यो पल जहाँ उनी थिइन् मेरि रानी ।
न त उनले कहिल्यै शंकाको नजरले हेरिन्, न त मैले स्वार्थको नजरले हेरेँ । बस हामी एकअर्कालाई
निस्वार्थ प्रेम गर्थ्यौं । मानौं अथाह प्रेम, हाम्रो प्रेमको कुनै सिमा थिएन ।

मैले कहिले भेट्छु भनिन र उनले पनि कहिल्यै भेट्ने चाहिनन् । यदि चाहेको भएपनि असम्भव थियो हाम्रो भेट । किनकि म राजधानीमा बस्ने अनि उनी पूर्व नेपाल । त्यसैले सम्भब नै थिएन हाम्रो भेट तर टाढा भए पनि हामीलाई कहिल्यै टाढा छौं जस्तो महसुस नै भएन।
दुइ बर्ष बिति सक्दा पनि हामी पहिले झैं थियौं । हामी बिच उतिकै प्रेम थियो । हामी नवोलेको कुनै दिन हुँदैनथ्यो । हरेक कुरामा उनी मेरो साथ हुन्थिन् र म उनको साथ हुन्थेँ हामी एक अर्का बिना जीवन सोच्दा पनि सोच्दैनथ्यौं ।

उनको साथ उनको माया , आहा ! साँच्चै अद्भुत थियो । म कल्पना सम्म गर्न सक्दिन, कि मैले यति धेरै माया गर्ने मायालु पाउँछु भनेर । जब देखि उनी मेरो जिन्दगीमा आइन्, तब देखि मैले कुनै पल एक्लो महसुस् गरिन।

हामी खुशी थियौं आफ्नै संसारमा । एक दिनको कुरा हो खै किन उनी एकदमै निरास थिइन् । मसँग बोल्न पनि मन गरिनन् । अनि मैले सोधेँ के भयो तिमीलाई भनेको मात्र के थिएँ, उनी किन चाहियो तपाईँलाई भनेर झर्किइन् । अनि मैले भनेँ 'म तिम्रो आफ्नो मान्छे हुँ । तिम्रो हरेक दुःख सुख मैले जान्न पाउनु मेरो कर्तव्य हो अधिकार हो ।' यति भन्ना साथ उनले 'अब मलाई बिर्सिदिनु' भनेर फोन राखिन् ।

म अचम्मित भएँ हैन के भएको हो उनलाई भनेर रिस रिस पनि उठे जस्तो भयो फोन गरेँ उठेन । अर्को दिन पनि फोन गरेँ उठेन । निकै चिन्तामा परेँ म कसलाई सुनाउँ, कसलाई भनौँ ? मन एकदमै आत्तिएको थियो । तर पनि म उनको फोनको प्रतीक्षामा थिएँ । उनले एक हप्ता पछि बल्ल फोन उठाइन् । अनि भनिन् आज सम्म जे जति भयो त्यसको लागि सरि । अनि मैले 'नजिस्क न कति टेन्सन भको छ मलाई ' भनेर भनेँ । उनले सिधै भनिन् 'तपाईँको भावना संग मैले खेलेँ । तपाईँसंग प्रेमको नाटक गरेँ । सक्नुहुन्छ भने माफ गर्दिनुस् है ।'

यती सुन्नासाथ मन भक्कानिएर अायो मैले रिसको झोँकमा अनेक थरी भनेर गालि पनि गरेँ । अन्जान नै भए पनि मैले प्रेम गरेको थिएँ । साँचो प्रेम । मैले भनेँ 'तिमीलाई मैले नदेखेरै पनि माया गरेँ । त्यो पनि जिवनमा पहिलो पटक। तिमीले यो के गर्यौ' भनेर अनेक थरी भन्दै कराएँ । तर अहँ उनी बोल्दै बोलिनन् । अन्तमा उनले 'आइन्दा मलाई डिस्टर्ब नगर्नुहोला' भनेर फोन अफ गरिन्।

म उनी बिना कसरि पो रहन सक्थेँ र, बिछोडको पीडा सहन निकै गाह्रो हुने रहेछ । कति तड्पिएँ । बारबार मैले उनलाई फोन गर्ने कोसिस गरेँ । अँह उनको फोन कहिल्यै अन् भएन । न त कुनै म्यासेज न त उनको फोन लाग्थ्यो ।हप्तौं हप्ता बिती सक्दा पनि उनको केही खबर पाउन सकिन । उनकी बहिनीलाई फोन गरेँ अहँ उठेन ।
कति तड्पिएँ । आफैँले आफैँलाई धिक्कारेँ । मर्न पनि खोजेँ। तर अहँ सकिन । मर्न त्यति सजिलो कहाँ हुदो रहेछ र ।।

यति हुँदा पनि मलाई बिश्वास थियो उनले मलाई भुल्दिनन् । पक्कै फोन गर्छिन्, मैसँग फर्केर आउँछिन् भन्ने ।।
एक दिन दिउँसो २ बजे तिर होला , म उनैलाई सम्झँदै थिएँ । मन समहाल्न निकै गाह्रो भइरहेकोथ्यो भने अर्कोतिर मुटुको धड्कन निकै तेजले धड्किँदै थियो । लाग्यो कसैले बोलाई रहेको छ । कोहि मेरो प्रतीक्षामा छ ।

नभन्दै १८अौं दिनको दिन उनकै नम्बरबाट फोन आयो अनि हतार-हतार फोन उठाएँ । अनि हेल्लो पनि नभनी 'किन यस्तो गरेकी ?' भनेर भनेँ । तर फोन उनकी बहिनीले गरेकी रहेछिन् । उनले 'दाइ म बहिनी हो' भनिन् । अनि मैले 'बहिनी दिदी खै ? के भयो उनलाई किन यस्तो गरेकी दिदीले ?' भनेर सोधेँ बहिनीले 'केहि भएको छैन। मिल्छ र सक्नु हुन्छ भने तपाईं आउनुस् न यहाँ । यहि कुरा गरौंला' भन्दै address दिइन् । अनि मैले ' हुन्छ लिन आउ ल बहिनी त्यहाँ बस पार्क पुगेपछि ' भनेर फोन राखेँ । हतार हतार कपडा लाएर रात्री बसको टिकट काटेर गएँ । एकदमै रिसले आगो आगो भएको थिएँ । म गएर उनलाई गाली गर्छु भन्दै नानाथरी सोच्दै गएँ भोलि पल्ट बिहान ९ बजे म त्यहाँको बसपार्कमा उत्रेँ । बहिनी लिन आएकी रहेछिन् । अनि उनले जाउँ दाइ भन्दै लगिन्। एक तर्फी खुशी थिएँ म । किनभने त्यो हाम्रो पहिलो भेट थियो ।

कस्तो अनौठो महसुस भैरहेको थियो मलाई बहिनीले सिधै हस्पिटल तिर लगिन् अनि मैले भने 'बहिनी को बिरामी छ?' उनले भनिन् 'अंकल बिरामी हुनुहुन्छ हेरेर जाउँ न है दाई।' मैले 'हुन्छ बुनु' भनेँ हस्पिटल भित्र पसेपछि बहिनीले मलाई 'सिधै ७ नम्बर रुम भित्र जानूस् दाइ'भनिन् । म गएँ त्यहाँ उनको ममी हुनुहुँदो रहेछ, अनि बेडमा थिइन् मेरि मायालु जसलाई मैले चाहेको थिएँ उनी जीवन र मृत्यु को दोसाँधमा रहेछिन् । उनलाई ब्लड क्यान्सर भएको रहेछ बाँच्न सक्ने कुनै सम्भावना थिएन । उनलाई देख्ना साथ मैले भकानिएर अंगालो हालेँ अनि 'के भयो मेरि सानुलाई?' मात्र के भनेको थिएँ उनले मेरो हात समाएर 'मेरो राजा म तिमीलाई छोडेर जाँदै छु । मलाई बिर्सिदेउ है ।' भनेर मेरो काखमा सदाका लागि मेरो साथ छाडेर गइन् उनले ।

म भकानिएँ । मन मस्तिष्क केहिले काम गरेन मेरो अाँखाबाट आँशु बग्यो । 'मेरि रसानु, तिमी मलाई छाडेर जान सक्दिनौ । उठ न सानु' भनेर अंगालोमा बेरेँ । तर उनी फेरि उठिनन्।

मुटु छियाछिया भयो , सम्हाल्न सकिन आफूले आफैँलाई, बाँच्ने इच्छा सबै हराए , बिछोडको पीडा कसले पो सक्छ र सहन ? बिल्कुलै एक्लो भएँ म । मुटु लुछिएको थियो ,आँखाहरु रोएका थिए , संसार नै शून्य महसुस् भइरहेको थियो ।

यतिकैमा एउटा चिठ्ठी उनको सिरानीमा देखेँ । मैले हतार हतार त्यो चिट्ठी खोलेर हेरेँ । जसमा लेखिएको थियो,

मेरो राजा,
म अथाह प्रेम गर्छु हजुरलाई। बिच बाटोमै छाडेर जान त मन थिएन तर हेर्नुस् न नियतिको खेल । म हजुरसँगै हुन सकिन । हजुरको हरेक दु:ख सुखमा सहयात्री हुन सकिन । माफ गर्नुस् है । हजुरलाई मैले धेरै सताएँ होला । तर थाहा छ ? मैले गरेका ती हरेक ब्यवहार हजुरलाई म बिना नै जिउन सिकाउनका लागि थिए । मलाई धोकेवाज नठान्नुस् है मेरो राजा । म बिना जिउन गाह्रो होला हजुरलाई तर मलाई थाहा छ हजुर बहादुर हुनुहुन्छ। म नरहे पनि हजुरले हाम्रो माया जिबित राख्नुहुनेछ।।

म हजुरको जीवन साथी त हुन सकिन । तर हजुरले अाफ्नो जीवन त्यही नरोक्नु है, म भन्दा धेरै माया गर्ने जीवन साथी पाउनुहुनेछ । हजुरले रोजेर, खोजेर अरु कसैलाई जीवन साथी चुन्नुस् है मेरो राजा । घरपरिवार सबैको ख्याल राख्नु अनि आफ्नो पनि ख्याल राख्नु है । यो जन्म हजुरको हुन सकिन त के भो र ? अर्को जन्म म हजुरकै हुनेछु यो मेरो बाचा भयो । मेरो अन्तिम इच्छा पूरा गरिदिनुस् है मेरो राजा ।
हजुरले जब यो पत्र पाउनुहुनेछ अनि पढ्नुहुनेछ, त्यही बेला देखि सधैं मुस्कुराउनुस् है। हजुरको मुहारबाट मुस्कान कहिल्यै नहटाउनुहोला । जब जब हजुर मुस्कुराउनुहुन्छ नि, हो त्यही बेला म बादल पारिबाट हजुरलाई हेरेर खुशी हुनेछु । अनि हजुरको हरेक मुस्कानमा छाउनेछु यो मेरो बाचा भयो ।

उही हजुरको हुन नसकेकी सानु।



Wednesday, May 13, 2020

प्रेरक कथा - मूल्य

एक दिन एउटा चेलाले गुरुको नजिकै गएर सोध्यो ।

चेला :”गुरु ज्यू, मलाई यो बताई दिनुस्, कि मान्छेको बास्तबिक मूल्य कति हुन्छ?”
उसको कुरा सुनेर गुरुले आफूसंग रहेको एउटा चम्किलो पत्थर त्यो चेलालाई दिएर भन्यो ।
गुरु :”बाबु, तिमी यो पत्थर लिएर बजारमा जाउ र यस पत्थरको मूल्य बुझेर आउँ तर याद राख्नु कि तिमीले यो पत्थरलाई बेच्न पाउनेछैनौ ।”

गुरुको निर्देशन बमोजिम त्यो चेला त्यस ठाउँको सबैभन्दा ब्यस्त बजारमा गयो र त्यहाँका मान्छेहरुलाई एक एक गरि अाफूसँग भएको पत्थरको मूल्य सोध्न थाल्यो ।

तरकारी पसले :”त्यो पत्थर मलाई देऊ र यो एक डोको तरकारी लिएर जाउ।”

आलु पसले :”भाई त्यो पत्थर मलाई दिए म तिमीलाई सय धार्नीकोआलु दिन्छु”

ब्यापारी :”म तिमीलाई रु ५० लाख दिन्छु, त्यो पत्थरको बदलामा”

अर्को ब्यापारी :”म तिमीलाई रु १ करोड दिन्छु, मलाई त्यो पत्थर बेच “

हिरा ब्यवसायी :”यो संसार कै सबैभन्दा दुर्लभ हिरा हो । संसारभरीकै सबै सम्पत्तिहरु दिदाँ पनि यो हिरालाई किन्न असंभव छ !”

त्यो चम्किलो पत्थरको मूल्य बजारमा भेटिएका सबै मान्छेहरुले फरक फरक बताए । जुन कुरा त्यो चेलाले गुरुलाई सुनाए । गुरुले सबै कुरा ध्यानपूर्वक सुनिरहेका थिए । अन्ततः गुरुले मुहारमा मन्द मुस्कानका साथ बोल्न सुरु गरे ।

गुरु :”बाबु, तिमी पनि त्यो बहुमूल्य पत्थर जस्तै हौ । संसारमा मान्छेहरुले आफ्नो औकात, क्षमता, स्वार्थ र ज्ञान अनुसार तिम्रो मूल्य लगाउने गर्छन् । त्यसैले कसैले तिमीलाई १ डोको तरकारीको मूल्य बराबरको ठान्छ भने तिमीले बुझ्नु पदर्छ कि त्यो मान्छेको हैसियत नै १ डोको तरकारी बराबरको मात्र रहेछ । जसरी पत्थरको मूल्य बुझ्ने मान्छे पाउन समय लाग्यो नि , त्यसरि नै तिमीले पनि एकदिन तिम्रो बहुमूल्यतालाई बुझ्ने मान्छे अवश्य भेटाउनेछौ ।”
———————

प्रेरक कथा - बन्द अाँखा

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो । विवाह पछि दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बितिरहेको थियो ।

उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीफ़ गरिरहन्थ्यो तर केही महिना पछि पत्नीलाई छालाको रोग (Skin Disease) ले लाग्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो ।

आफूलाई यस्तो देखेर उनको मनमा डरले घेर्न थाल्यो कि यदि उनी कुरूप भइन् भने उनको पतिले उनलाई घृणा गर्न थाल्नेछ र उनले त्यो घृणा सहन सक्दिन ।

यतिकैमा एक दिन पतिलाइ काम बिशेषले गाउँबाट बाहिर जान पर्यो । काम सकेर जब उ घर फर्कँदै थियो,तब उसको accident भयो !. Accident मा उसले आफ्नो दुवै आँखा गुमायो! तर त्यसपछि पनि ति दुबैको जिंदगी सामान्य तवरमा अगाडी बढ्दै गयो ।

समय बित्दै गयो र छाला रोग (Skin Disease)को कारण पत्नीलेआफ्नो सुन्दरता पुर्णरुपले गुमाएकी थिई ।

उनी कुरूप भइन् तर अन्धो पतिलाइ यस बारेमा केही पनि थाहा थिएन । त्यसैले उनीहरुको विवाहित जीवनमा कुनै प्रभाव परेन । उसले पत्नीलाई पहिलाको झैं प्रेम गरीरहयो ।

एक दिन उसको पत्नीको मृत्यु भयो ।पति अब एक्लो भएको थियो । उ धेरै दु:खी थियो । उ त्यो शहर छोडेर जान चाहन्थ्यो ।

उसले पत्नीको अंतिम संस्कार क्रियाविधि पूर्ण गर्यो र गाउँ छोडेर जान लाग्यो । त्यहीबेला एउटा मान्छेले पछाडीबाट उसलाइ बोलाउँदै भन्यो, “अब तिमी बिना सहारा एक्लै कसरी हिँड्छौ? यतिका बर्ष त तिम्रो पत्निले तिम्रो मद्दत गरेकी थिइन् अब कसले मद्दत गर्छ ?” तब पतिले जवाब दियो, “मित्र! म अन्धो होइन । मैले त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिएँ । किनकी यदि मेरी पत्निलाई मैले उसको कुरूपतालाई देख्छु भन्ने थाहा दिएँ भने त्यस कुराले उसलाई त्यस रोगले भन्दा धेरै पिडा दिन्थ्यो ।

उनी मेरो लागि धेरै असल पत्नी थिइन्। मैले उनलाई खुशी राख्न चाहन्थे ।” त्यसैले मैले यतिका बर्ष अन्धो भएको नाटक गरिरहेको थिएँ ।


शिक्षा: कतिपय समय, खुशी रहनको लागि हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ । र ती कमी कमजोरीहरुलाई नदेखे झैं गर्नु पर्दछ । जसले हाम्रो जीवनलाई खुशी राख्न मद्दत गर्दछ ।

प्रेरक कथा - प्रेरणा

एउटा परिवारका दुई दाजुभाइ थिए । एकजना लागुपदार्थ लिन्थ्यो, खराब कामहरु गर्थ्यो भने अर्को चाहिं समाजमा सम्मानित र सफल व्यापारीको रुपमा चिनिन्थ्यो । एकै आमा बाबुले जन्माएका र हुर्काएका यी दुई दाजुभाइमा किन यति धेरै भिन्नता ? कसैले यो भिन्नताको बारेमा बुझ्ने कोसिस गर्यो।

पहिलोलाई सोधियो ,” तिमी खराबै खराब काम मात्र किन गर्छौ ?” उसले भन्यो,” मेरा बुवाले लागुपदार्थ खानुहुन्थ्यो । बुवाले गर्दा घरमा सधै झगडा र कुटाकुट हुन्थ्यो । मैले जे देखें, त्यही नै सिक्दै हुर्किएँ ।”

फेरी दोस्रो भाइलाई सोधियो, ” तिमी यति असल छौ, यसको प्रेरणाको स्रोत के हो ?” उसले भन्यो, ” मेरा बुवाले लागुपदार्थ खानुहुन्थ्यो र घरमा झगडा निकाल्नुहुन्थ्यो। त्यतिबेला नराम्रो लागेपनि सहेर बस्नुपर्ने हाम्रो बाध्यता थियो । मेरो बालमनमा गहिरो चोट परेछ क्यारे ! मैले, यस्तै घृणित मान्छे बन्नु हुँदैन भनेर संकल्प गरें। सायद त्यही संकल्पको प्रभाव हो यो।”

ती दाजुभाइ दुवैको प्रेरणाको स्रोत एउटै थियो । फरक यत्तिमात्र हो, कि एउटाले सकारात्मक र अर्कोले नकारात्मक प्रेरणा लियो। वास्तवमै हाम्रो परिवार, छरछिमेक र समाजमा पनि त्यस्तै कति खराब ब्यक्तिहरु हुन सक्छन् । चाहे जस्तोसुकै खराब किन नहोस्, यदि हाम्रो सोचाइ सकारात्मक छ भने हामी त्यहाँबाट सकारात्मक पाठ सिक्न सक्छौं । त्यस कारण हामीले पनि अाफूमा सधैं सकारात्मक सोचाइको बिकास गरौँ ।

मन छुने कथा - असल श्रीमती

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो। परिपक्क उमेर भएकाले चारै तिरबाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग बिबाह पनि हुन्छ, तर उ प्रायजसो उदास रहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिरबाट जे देखिन्थ्यो त्यो कुरा साँचो थिएन। घर ठूलो भएर के गर्नु लाखौं ऋणमा डुबेको थियो, त्यस माथी बिहेको खर्चले थपिएको ऋणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो पनि जन्मियो र हुर्कँदै गयो। कहिल्यै खाली नबसी परिश्रम गरेर कमाएको पैसाले अब घर चलाउन गार्हो भयो, ऋणको सावाँ घटाउने त कुरै छोडौं।

यी सबै कुराहरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरु समेत नक्कली थिए ।कुनै दिन उनले थाहा पाईन् भने के हुन्छ होला भन्ने पिडाले पनि सताउँथ्यो उस्लाई। तर घरको समस्या कसैसँग सेयर कैलेपनी गर्दैनथ्यो।

एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ।
दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्र पैसा पठाउँथ्यो, बाँकी पैसा ऋण लिएकाहरुलाई नै पठाउने गर्थ्यो। घरमा भने बैंकमा पैसा जम्मा गरेकोछु आएपछि केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब ऋण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरो सिंडीबाट लड्न पुग्छ । हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन् । डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछि उसलाई अापत् पर्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

श्रीमतीले बैंक गएर पैसा निकालौँभनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन् बिचरा उ केहि बोल्न सक्ने अवस्थामा नै छैन। उ कहाँ जाँदैछ भन्ने कुरा पनि त्यत्ती मेसो पाईरहेको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतीले एटिएमबाट पैसा निकाल्छिन्। उ हेरेको हेर्यै हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउँछिन्, सबै जना चिन्तित भैरहेको अवस्थामा एकैछिन् पछि भित्रबाट डाक्टर आउँछन् अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभएको कुरा सुनिसके पछि सबै खुसी हुन्छन् ।

अनि श्रीमतीले भन्छिन् “हजुरको पीडा मैले बुझेकोछु सोनु,यो हजुरले नै पठाउनुभएको पैसा हो, मैले घरमा बस्दा मेसिन चलाएर,फुर्सदमा अरुको मेला गएर अनि आईपरेका कामहरु गरेर अलिअली कमाउँथे ,त्यसैले घर खर्च चल्थ्यो, हजुरले पठाएका सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रोसँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्र हो , मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भएका थियौं, हाम्रा सबै अाफन्तहरु र समाजलाई साँक्षी राखेर हरेक सुख-दु:खमा साथ दिने भनेर बाचा गरेका थियौं, त्यो दिन हजुरबाट पाएको यो उपहार चाहे जे सुकैले बनेकोहोस् मेरो लागि हिरा-मोति भन्दा कम छैन ।”

उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतीलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमतीले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन।आज सम्मको उस्को पीडा सबै एकै पलमा हराएको महसुस गर्छ। एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस्, सुख दु:ख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कहिल्यै नछुट्टिने, कहिल्यै बिदेश नजाने अठोट गर्छ र खुसी साथ जीवन बिताउँछन्।.

प्रेरक कथा - भविष्य

एकजना वृद्ध आफूलाई ताराहरुलाई हेरेर मानिसको भविष्य भनिदिन सक्ने दाबी गर्थे । उनको ध्यान जतिबेला पनि ताराहरुमा हुन्थ्यो । त्यसैले ताराहरु आकाशमा उदाएपछि उनी घर बाहिर निस्कन्थे । कहिलेकाहीं गाउँलेहरुलाई जम्मा गरेर ती ताराहरु हेर्दै उनीहरुको भविष्य भनिदिन थाल्थे ।

एक रात ती वृद्धले झ्यालबाट तारा हेरिरहेको समयमा एउटा तारा खस्दै गरेको देखे । त्यसपछि उनी हतार-हतार गर्दै छिमेकीलाई बोलाउंदै बाहिर निस्के । ताराहरुलाई हेर्दै छिमेकीलाई बोलाउंदै हिंडेका उनी एउटा ठूलो खाडलमा परे । छिमेकीले चर्पी बनाउनको लागि खनेको त्यो खाडल निकै गहिरो थियो । ताराहरु हेरेर छिमेकीको भविष्य बताउन निस्केका ती वृद्ध आफै खाडलमा परे ।

छिमेकीले खासखुस गर्न थाले ,” हाम्रो भविष्य बताउन निस्केका बाजेलाई आफ्नै आजको भाग्य थाहा रहेनछ ” ।

भविष्यलाई दिमागमा राख्नुहोस् , तर वर्तमानमा केन्द्रित हुनुहोस् । यदि तपाईं भविष्यमा मात्र केन्द्रित रहेर भविष्यकै सपनामा डुबेर मात्र हिंड्नु भयो भने वर्तमानको खाडलमा पर्न के बेर ? त्यो भविष्यसम्म पुग्न त तपाईं आज सकुशल रहनुपर्यो नि होइन र?

प्रेरक कथा - हाम्रो समाज

रातको समय थियो । पसलेले पसल बन्द गर्न आटेका थिए कि त्यतिकैमा एउटा कुकुर पसलमा आयो , उसको मुखमा एउटा थैली थियो । जसमा सामानको लिस्ट र पैसा थियो । पसलेले पैसा लिएर सामान त्यो थैलिमा भरिदियो , र कुकुरले मुखमा च्यापेर त्यहाँबाट निस्कियो ,

पसले आश्चर्यचकित भएर कुकुरको पछि पछि गयो , यो हेर्नलाई कि यस्तो समझदार कुकुरको मालिक को हो ? " । कुकुर बस स्टपमा उभिएको थियो , केही समय पछि बस आयो र त्यसमा चढ्यो । कन्डक्टर छेउमा आउने बित्तिकै कुकुर ले आफ्नो घाँटी अगाडि गर्यो , उसको घाटीको बेल्टमा पैसा र उसको ठेगाना पनि थियो । कन्डक्टरले पैसा लिएर कुकुरको घाटीको बेल्टमा बाधिदियो , र आफ्नो बस स्टप आउने बित्तिकै कुकुर पछाडीको ढोकाबाट निस्किएर पुच्छर हल्लाउदै कन्डक्टरलाई संकेत गर्दै गयो , पसले पनि पछि पछि गइरहेका थिए ।

कुकुरले घरको ढोका दुई तीन पटक ढक्ढक्यायो , भित्रबाट उसको मालिक आयो र लठ्ठिले पिट्न शुरु गरीदियो , पसले ले त्यो मालिकसित पिट्नुको कारण सोधे , मालिकले भने " साला ले मेरो निद्रा खराब गरिदियो , चाबी साथमा लिएर जान सक्दैनथियो ? र ! "

तपाईं हाम्रो जीवनको पनि यहि सत्यता हो, तपाईसित मान्छेको अपेक्षाहरूको कुनै अन्त्य छैन, जहाँ तपाईं चुक्नुभयो त्यही निर खराबी निकाल्न शुरु गरीदिन्छन्, र पछाडीको जम्मै राम्रोपन लाई बिर्सिदिन्छन् । उनानन्सय वटा राम्रो कामको मुल्यांकन हुदैन, एउटा गल्ती गर्नुभयो भने जम्मै असल काम बिर्सिदिन्छन् । त्यसैले तपाईं जो हुनुहुन्छ नि निरन्तर अाफ्नो कर्ममा लागिरहनुस् खराबी देखाउनेहरुले जति नै खराबी देखाएता पनि तपाईं अाफूले अाफैंला कहिल्यै कमजोर नठान्नुहोस् । जीवन सदा सुखद हुनेछ ।


प्रेरक कथा - उत्साह नै सफलताको लागि बल हो

एक समय एक राजासँग निकै शक्तिशाली हात्ती थियो । राजाले युद्धमा निस्कँदा सधै हात्तीलाई आफुसँगै लैजान्थे । हात्ती पनि राजाले भनेको सबै कुरा मान्दथ्यो । हात्तीको माध्यमबाट राजाले धेरै युद्धहरु जितेको थियो ।

समयसँगै हात्ती वृद्ध भयो । त्यसपछि राजाले वृद्ध हात्तीलाई युद्धमा लैजान छाड्यो । आफ्नो कर्मचारीलाई हात्तीको स्याहारसुसारका लागि खटाए । हात्ती भने आफु पनि राजासँगै युद्धमा जान चाहन्थ्यो । युद्धमा जान नपाएपछि उ सधै निराश बनिरह्यो, बिना उत्साह रहिरह्यो ।

एकदिन हात्ती तलाउमा पानी पिउन गएको थियो । उ दलदलमा फस्न पुग्यो । जति प्रयास गरेपनि हात्ती दलदलबाट बाहिर निस्कन सकेन । राजाले हात्ती फसेको कुरा थाहा पाए ।


राजा तुरुन्त तलाउ नजिक पुगे । सैनिकहरुले धेरै प्रयास गरे, तर हात्ती बाहिर निस्कन सकेन । राजाले आफ्नो मन्त्रीलाई बोलाए । मन्त्रीले त्यो हात्तीलाई राम्रोसँग बुझेको थियो । उसले राजालाई युद्धमा बजाउने डोल बाजा बजाए हात्ती बाहिर निस्कने बतायो । मन्त्रीको कुरा मानी राजाले ढोल बाजा बजाउन शुरु गरे । जब ढोल बाजाको आवाज हात्तीले सुन्यो, तब उ उठ्यो र दलदलबाट बाहिर निस्कन प्रयास गर्यो । केही समयमै हात्ती दलदलबाट बाहिर निस्कियो ।

राजा हात्तीलाई बाहिर निकाल्न नसक्दा चिन्तित थियो । तब मन्त्रीले राजालाई भन्यो कि, हात्ती तपाईंको साथ युद्धमा जान चाहन्थ्यो । जब युद्धमा लान बन्द गरियो, उ उदास भयो, उसको जीवनमा कुनै उत्साह थिएन ।
दलदलमा फसेपछि यसले हिम्मत हारेको थियो । जब ढोल बाजाको आवाज सुन्यो, फेरी युद्धमा जानुपर्ने सोच्यो । उसले राजालाई आफ्नो आवश्यकता परेको सोच्यो । यो सोची उसको उत्साह फिर्ता आयो र बाहिर निस्कन सक्यो ।

नोट:सुखी र सफल जीवनका लागि हामीमा उत्साह हुनु जरुरी छ । जबसम्म हाम्रो जीवनमा उत्साह रहन्छ, तबसम्म हामीले सफलता प्राप्त गरिरहन्छौं । यसकारण जीवनलाई उत्साहित सधैं बनाईराखौँ। निराशालाई त्यागेर हरेक काम उत्साहका साथ गरौँ।

प्रेरक कथा - संघर्ष नै सफलता

चकमन्न रात परेपछि चिँचिँ र मुनु नाम गरेका दुई मुसा आहाराको खोजीमा निस्किन्छन् । दिनभरको भोको पेट उनीहरू जताततै आहाराको खोजी गर्दा कतै केही पाउँदैनन् । उनीहरूले सँगसँगै आहारा खोजी गर्ने क्रममा एउटा ठेकी भेट्छन् । यसमा केही न केही आहारा छ होला भनेर भोको पेटको झोकमा उनीहरू ठेकी भित्र पस्छन् । अब उक्त ठेकीमा रहेको दहीमा दुवै मुसा फसे ।

फसेपछि उनीहरू निस्किन त पर्‍यो, तर निस्कन सकेनन् । केही प्रयास गर्दा पार नलागेपछि चिँचिँले हार मानेर पौडिन छाड्यो । चिँचिँ उक्त दहीमा डुब्यो र मर्यो । तर मुनुले भने हरेस खाएन । उसले बाहिर निस्कने निरन्तर प्रयास गरिरह्यो । उसले पौडन छोडेन । पौडिँदा पौडिँदा अन्ततः दही मख्खन बन्यो र त्यही मख्खनमा चढेर ऊ बाहिर आयो ।

यो कथामा भएको दोस्रो मुसा मुनु जस्तै तपाईं पनि जुनसुकै कठिनाइमा पनि सधैं सङ्घर्षशील व्यक्ति भएर बाँच्नुहोस् । जीवन जिउने क्रममा चाहे जस्तोसुकै जोखिम नै किन मोल्न नपरोस्, कहिल्यै हरेस् नखानुहोस् र समस्याहरुसँग जुध्दै निरन्तर कदम चाल्नुहोस्। तपाईंको जीवनले अवश्य सफलता चुम्नेछ ।

प्रेरक कथा - जस्तो काम उस्तै परिणाम

 एउटा सानो केटो आफ्नो आमा सँग निकै रिसाउँछ र रिसको झ्वाँकमा झर्कँदै जंगल जान्छ । जंगलमा गएर रूखहरू तर्फ फर्कदै चिच्याउछ, 'मलाई तिमी मन पर्दैन ।' त्यहीँ आवाज प्रतिध्वनित भएर उसको कानसम्म आउछ, 'मलाई तिमी मनपर्दैन ।' उसलाई यस्तो भनेको मनपर्दैन र उ रिसाउँदै बोल्छ 'तँ को होस् मलाई यस्तो भन्ने ?' पुनः उस्तै ध्वनीले उसलाई थर्काउँछ, 'तँ को होस् मलाई यस्तो भन्ने ?' उसको रिसको पारो चढ्छ 'पख् तँलाई!' उताबाट आवाज आउछ 'पख तँलाई !'

केटो दौडँदै घर जान्छ र लामो लौरो उचाल्दै आमालाई भन्छ, 'त्यहाँ एउटा केटो छ जसले मलाई गाली गर्यो ।' आमाले सबै कुरा बुझ्नदछिन् र छोरालाई त्यहीँ ठाँउमा लगेर भन्न लगाउछिन् 'म तिमीलाई माया गर्छु ।' उताबाट उस्तै मिठो आवाजमा प्रतिध्वनी आउँछ 'म तिमीलाई माया गर्छु ।' उ बेस्सरी खुसी हुँदै भन्छ 'म तिम्रो साथी बन्न चाहन्छु ।' उताबाट पनि उस्तै अनुरोध आउँछ । उसले भन्छ 'तिमी मेरो साथी हौ ।' र पहाडबाट ठोक्किएर आएको प्रतिध्वनीले 'तिमी मेरो साथी हौ' भन्छ र केटो खुसी हुन्छ ।

शिक्षा : तपाइँ अरूबाट जस्तो व्यवहारको अपेक्षा राख्नुहुन्छ, आफूले पनि उनीहरूलाई उस्तै व्यवहार गर्नुहोस् । अर्थात् तपाईंलाई अरुले असल व्यवहार गरेको चाहनुहुन्छ भने पहिले तपाईंले अरुलाई असल व्यवहार गर्नुहोस् । अरुले तपाईंलाई सहयोग गरेको चाहनुहुन्छ भने पहिले अरुलाई सहयोग गर्नुहोस् । तपाईं जिउने वातावरण कस्तो बनाउन चाहनुहुन्छ ? त्यो वातावरण तपाईं स्वयले नै सृजना गर्नुहोस् ।

फाटेको जुत्ता - अात्म कथा

 एकदिन घरमा यस्तो रिसाएँ कि अब ठूलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् । जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु र? आफ्नो सपना किन अरु माथि थोपार्न खोज्नु र?

रिसको झोँकमा मैले यो पनि महशुस गरिन कि मैले बुवाको जुत्ता लगाएर हिँडेको रहेछु । मैले केहि पैसाको लागी उहाँको पर्स पनि चोरेर हिंडेको थिएँ । त्यो पर्समा केहि च्यातिएका कागजका टुक्राहरु मेरी आमाले नदेखुन् भनेर एउटा कुनामा लुकाएर राखिएका थिए ।

जब म बस पक्रन बस स्टेसन तर्फ लम्कदैँ थिएँ , तब मेरो खुट्टामा केहि बिझाएजस्तो भयो ।

अलि पर पुगेर जुत्ता खोलेर हेर्दा जुत्ता केहि च्यातिएको थियो र साना साना प्वालहरु पनि थिए । स्टेसनमा कुनै बस नभएकाले मैले त्यहिँ एकछिन बसेर बुवाको पर्स खोलेर हेर्ने निधो गरेँ । पर्समा ४० हजारको बिल रहेछ जुन मलाई बुवाले ल्यापटप किन्नका लागी ॠण लिएका थिए ।

अचम्मको कुरा मैले त्यहाँ बुवाको म्यानेजरले बुवालाई लेखेको एउटा नोटिस भेटेँ जहाँ भनिएको थियो – भोलिदेखी अर्को नयाँ जुत्ता लगाएर अफिस आउनु ।’ अनि मैले सम्झेँ कि जब आमाले बुवालाई नयाँ जुत्ता किन्न भन्थिन् तब बुवा सधैँ भन्थे ‘यो जुत्ता अझ ६ महिनासम्म टिक्छ ।’

अनि मैले अर्को कागज पनि भेटेँ जुन एक्स्चेन्ज लेटेर’ रहेछ । बुवाले मलाई बाइक किन्दिनका लागी आफ्नो स्कूटर नै बेचेका रहेछन् ।

तब मैले आफुलाई एकदम कमजोर महशुस गरेँ र आफैँलाई सम्हाल्नै सकिन । आँखाबाट आँशुका धारा रोकिएनन् । अनि हत्तारिएर घर गएँ र बुवालाई अङ्गालो हालेर भनेँ ‘ बुवा, अब मलाई बाइक चाहिँदैन ।’

म सधैँ सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो भएर रहेछ ।

Tuesday, May 12, 2020

सफलता सम्बन्धि १२ भनाइहरु

१२. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।

– राल्फ वाल्डो इमर्सन
११. गुंण एकान्तमा विकसित हुन्छ भने चरित्रको निर्माण, संसारको भिषण कोलाहलको बीचमा हुन्छ ।
– गेटे १०.कहिलेकाहीँ अाँखा खोलेर पनि अगाडि बढ्ने बाटो नदेखे अाँखा बन्द गरेर हेर्नुपर्छ ।
९. जीवनको बारेमा बुझ्न छ भने, प्रकृतिलाई गहिर्याइमा गएर बुझ्न कोशिस गर्नुहोस्।
-पल गउगुइन – अल्बर्ट आइन्स्टाइन
८. जब सम्म हामी स्वयम् आफुलाई कुनै कुरामा सम्झाउन सक्दैनौ, तब सम्म हामी अरु कसैलाई पनि केहि कुरा सम्झाउन सक्दैनौ।
– दलाई लामा ७. मिलिजुली काम गर्नुको फाइदा के हुन्छ भने, तपाईको पक्षमा सधैँ कोही न कोही तपाईले पाउनुहुनेछ। – मार्गरेट कार्टी
५. आफु काम गर्ने कम्पनिलाई हैन आफ्नो कामलाई माया गर्नुहोस्, किनकी तपाईको कम्पनिले तपाईलाई कुनै दिन माया नगर्न सक्छ।
६. आफुमा अरुको रुचि बढाएर मित्र बनाउनेहरुको भन्दा अरुमाथि रुचि दिनेहरुको साथिहरु साचो र धेरै हुन्छन्। – चार्ल्स ऐलन – डा. अब्दुल कलाम ४. आज भन्दा एक वर्ष पछि तपाईले सोच्नुहुन्छ कि तपाईले आजकै दिनबाट शुरुवात गरेको भए हुनेथियो।
२. आलोचनाबाट बच्ने एउटा उपाय छ : केहि नगर्नु, केहि नभन्नु अनि केहि बन्ने उद्देश्य नराख्नु।
– केरेन लेम्ब ३. सधैँ याद राख्नुहोस्, तपाई आज जुन वृक्षको छाहारीमा बस्नुभएको छ त्यो धेरै समय पहिला कसैले रोपेको सानो विरुवा थियो। – वॉरन बफैट – अरस्तु १. कुनै कार्य गर्नु बारे धेरै सोच्नु, त्यो कार्य बिग्रिनुको कारण बन्न सक्छ।
– ईवा यंग


भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

राज र नूरको बिछोड - सत्य कथा


 म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थेँ । तर आज अचानक पत्रिकामा परेको मेराे नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउँथ्यो र ? राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको मात्रै हो । 
मैले प्रत्यक्ष देखेको भने थिइन । साउदीका हरेक पत्रपत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ ।
कालो बुर्का लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान्।
आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनीमा हामी दुबै जना सँगै काम गर्थ्यौँ। हामी, मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौँ ।
राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उसले सप्लाइको क्रममा साउदीका घरघरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुरसँग भएको थियो ।
राज सधैँ उनको बारेमा बताउँथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफैँ थकित हुन्थेँ, त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफैँ अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो भनेर । मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ ।
 मैले "रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनि बिषादीको पनि अध्ययन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज । यहाँको कानुन तैँले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्।" भनेर भन्दा राजले भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिनपरे पनि म तयार छु । उनले दिएको यति माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौँ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाइ यहीँ मर्न लेखेको छ भने म  पराइकै माटोमा मरौँला । हो, मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला,चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त बिदेशको माटोमा पुरीँदा म अभागी ठहरीनेछु तर पनि माया भनेको माया हो ।
नेपाल रहँदासम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल, जो होगा देखा जाएगा ।"
नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरुभुमीको राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थेँ ।उनिहरुको प्रेम झाँगिदै थियो ।कहिले भेटेर त कहिले फोनबाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो । 
म कहिलेकाँही जिस्क्याउँथेँ “राज तेरो त काम तमाम भो, भाउजुसँग मलाइ नि कुरा गरा न त यार। म पनि यसो सुनौँ मेरी भाउजुको स्वर, जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउँथ्यो ,उताबाट आवाज आउथ्यो “मिन हुवा ?" अर्थात् "को हो?" राजले नरम भएर जवाफ दिन्थ्यो“सदीग् बिशाल" अर्थात् "साथी बिशाल।" उनीहरुको कुरा कति खेर सकिन्थ्यो मैलै कहिल्यै पनि थाहा पाइन ।
म आफ्नै दुनियाँमा ब्यस्त हुन्थेँ उनीहरु आफैँभित्र हराउँथे । एक कान दुइ कान मैदान हुँदै उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा-आमाले पुलीसमा कम्प्लेन गरे ।ठूलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसीको सजायँ सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेर मलाइ भनेको थियो "राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।" मैले "किन हेर्नु राज ?" भन्दा राजले भन्दै थिए , "सायद तैँले नै उल्था गर्नु पर्ला बिशाल ।"
मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रत्यक्ष झल्किन्थ्यो ।
राजको पत्र लिएर म राजसँग अब अन्तिम पटक भेटेर फर्कँदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाउँ छाडी रहेको थियो । मैले इश्वरलाई लाख बिन्ती गरेँ तर पनि इश्वरले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउँदै राजबाट छुट्टिएर गाडीसम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्टमेन्टसम्म आँए ।
मैले हतार हतार राजको पत्र खोँले अनि पढ्न थाँले । जहाँ यस्तो लेखिएको थियो ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख्मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु।
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनि अनौठो सपना देख्थेँ । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वरसँग दोहोरी खेलाउने ठूलो धोको थियो ।
तिमीलाइ थाहै छ नुर मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ । तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । तर पनि मेरो ठम्याइ छ । त्यहाँको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो ।अनी म तिम्रो हात समाएर सबैको सामु भन्थेँ।
“आना हेब ईन्त नुर” अर्थात् "म तिमीलाइ माया गर्छु नुर ।" हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए अनि प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।आशा छ भर छैन यो भाग्यको । इशवरको मर्जी न हो, जे चाहन्छ उही हुन्छ । तिमी इशवर भन्दा बुझ्दिनौ होला ।तिमीले इशवरलाइ “अल्लाह” भनेर चिन ।
इशवर भन या अल्लाह भन, एक नै हुन् मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र  म जहाँ जन्मिएँ, जुन संस्कारमा जन्मिएँ,
उही तरीका ले बाँचेँ ।
कसको निधारमा लेखीएको हुन्छ र यो मुश्लिम,यो क्रीश्चीयन वा यो हिन्दु भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर इश्वर एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो इश्वर मानवता हो । तिम्रो बाबाको जस्तो अल्लाह मेरो इश्वर होइन । हाम्रो प्रेमलाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कति मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरु यहाँ हेपीएका अनि चेपीएका तितो यथार्थ छ । मान्छे आखीर मान्छे नै हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भन न जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ?
काटे रगत त रातै आउँछ नी हैन र नुर ? कि हिन्दुको रगत रातो अनि मुश्लिमको सेतो, हरियो हुन्छ ? तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सधैँ पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरु पुर्ण हुन्थे ।
उपहार दिँदैमा, कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीलाइ त माया गर्न आउँछ नी है ? तिमीसँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन, अनि चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमीसँग बिदा माग्न पनि नपाइएला की भन्ने डर पनि छ । त्यसैले हाम्रो भेट अब सक्नुपर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु।हाइयाक्अल्लाह या नुर,मासलाम ।'
"बिशाल दाइ के छ हो आजको हट न्युज ?" बिगतलाई सम्झेर एकोहोरिएको म झसङ्ग भएँ । सँगै काम गर्ने  कुञ्जन भाइ रहेछ । "आजको न्युज बबाल छ कुन्जन।" "के छ दाजु सुनौँ न त हामी पनि ।" "नुरले आत्महत्या गरीछे यार ।" "को नुर रु राजकी नुर ? " "अँ हो ।"
"त्यसले यतिका पछि किन आत्महत्या गरी त ?" "थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला ।" मेल नयाँ ठेगानाबाट आएको थियो । मैले अल्मलीँदै खोलेँ ।अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भनेँ ।
"यार भाइ, कसरी पढ्ने यो मेल ? अरबीमा छ त ।" उसले हाँस्दै भन्यो "दाइ हजुर पनि, नेटबाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ?" मैले आज खासै सोच्न सकिरहेको थिइन । अनी "हो त नी है ?" भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । 
लेखिएको थियो ‘नमस्ते ! देवर बाबु, सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोन,नेट सबैतिर बन्देज लगाइएको थियो ।आज मात्र सबै थोकबाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेरे लगत्तै राजको पत्र पनि पाँए । उहाँसँग मैले पनि पत्रमा भेटेँ ।
बिशाल बाबु, हजुरहरुले त मलाइ निष्ठुरी भनेर सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु, मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो। अनी गर्नेछु त त्यो पनि राजलाइ नै। सत्यता थाहा नपाउँदासम्म त राजसँग भेट्ने आशा जिउँदो थियो तर सबै थाहा पाए पछि मैले जिउनुको अर्थ देखीन ।
म मेरो जिन्दगी अब अरुको नाममा कसरी गरौँ बिशाल बाबु ? मेरा आमा बाबा चाहनुहुन्छ म अरु कसैसँग बिबाह गरौँ । तर राजलाइ सुम्पिएको यो तन-मन कसरी म जिउँदै मरेर अरुलाइ सुम्पँदै राजको मायालाइ अपहेलना गरौँ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । ताकि म पनि मेरो प्यारो मान्छे राजसँगै अर्को संसारमा हुन सकुँ ।
मैले यो यो निर्णय गरेर गल्ती त गरीन नी है बिशाल बाबु ? यदि मबाट कुनै गल्ती भए मलाइ माफ गर्नुस् ल बिशाल बाबु । हवस् त, बिदा!
उही हजुरको हुन नसेकी भाउजु ‘नुर’